काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।

काठमाडौंमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘म सरकारसँग अनुरोध गर्दछु, दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर्नुस्। बोल्न पाएन भने पनि हुन्छ? मानव अधिकार आयोगले नै भइसकेको छ, बोलेकै आधारमा कसैलाई थुन्न पाइँदैन।’

advertisement

उनले दुर्गा प्रसाईंले दिउँसो सार्वजनिक गरेको भिडियोकै आधारमा रातारात पक्राउ गरिएको भन्दै आपत्ति जनाए। ओलीका अनुसार, ‘दुर्गा प्रसाईंले एउटा भिडियो सार्वजनिक गरे। दिउँसो बाहिर आयो, बेलुकी पक्राउ भयो। सरकारसँग यसको जवाफ छ कि छैन? एआई त होइन होला?’

उनले अभिव्यक्ति दिएकै आधारमा कसैलाई पक्राउ गर्न नहुने स्पष्ट पनि पार्दै भने, ‘को मन पर्छ, को मन पर्दैन भन्ने आधारमा कसैलाई पक्राउ गर्न हुँदैन। भएको भिडियोलाई बाहिर ल्याउनु अपराध हो भने राति राति स्वेच्छाकारी ढंगले गिरफ्तारी गर्नुको अर्थ के हो? बिहान गरेको भए के हुन्थ्यो?’

ओलीले थपे, ‘सरकारले उत्तेजित भएर गिरफ्तारी गर्दा लोकतान्त्रिक अधिकारको हनन हुन्छ। यो सरकारले तमाशा गरिरहेको छ।’

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com