काठमाडौं । आयु इन्टरटेन्मेन्ट लिमिटेडले पर्यटकिय नगरी पोखरामा रहेको फिस्टेल ड्रिम पार्कको सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर अंकित मूल्य रु. १०० मा आइपिओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले शेयर निष्काशन र बिक्रीको व्यवस्थापनका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई प्रबन्धकको रूपमा नियुक्त गरेको छ।
आज नेपाल लाइफ क्यापिटलको कमलपोखरीस्थित कार्यालयमा आयोजित कार्यक्रमका बीच आयु इन्टरटेन्मेन्ट लिमिटेडका अध्यक्ष कदम के.सी. र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरे।
फिस्टेल ड्रिम पार्कमा सारथी ग्रुप लगायत प्रतिष्ठित नेपाली उद्यमी र पोखराका पर्यटन व्यवसायीहरूको लगानी रहेको छ। करिब ५७ रोपनी क्षेत्रफलमा फैलिएको यो पार्क सबै उमेर समूहका व्यक्तिहरूको मनोरञ्जनका लागि उपयुक्त रहेको छ।
पार्कमा वाटर पार्क, वेब पुल र साहसिक खेल लगायत विभिन्न गतिविधिहरू उपलब्ध छन्, जसले यसलाई नेपालकै ठूलो मनोरञ्जन पार्कको रूपमा परिचित बनाएको छ।
नेपाल लाइफ क्यापिटल लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक संस्था, धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापन, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन र निष्काशन तथा बिक्री व्यवस्थापन गर्ने अनुमति प्राप्त मर्चेन्ट बैंकिङ संस्था हो।
प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार













प्रतिक्रिया