काठमाडौँ । नागरिक बचाउ महाअभियानका अध्यक्ष तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका निजी सुरक्षागार्ड दीपक खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ।

मंगलबार प्रसाईंलाई भेट्न पुगेका खड्कासहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।

advertisement

यी मध्ये ८ जनालाई छोडेर खड्कालाई भने हिरासतमै राखिएको थियो। उनीविरुद्ध अभद्र व्यवहारमा म्याद लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रसाईंलाई प्रहरीले सोमबार राति उनकै निवासबाट पक्राउ गरेको थियो। उनीमाथि सार्वजनिक शान्तिमा खलल पु¥याएको आरोपमा जिल्ला प्रशासन काठमाडौँबाट ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।

प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। आन्दोलन अघि नै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनको अभियानले भने मंगलबार जिल्ला प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाउँदै रिहाइका लागि २४ घण्टे अल्टिमेटम दिएको थियो। त्यस्तै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले पनि उनलाई बिनाशर्त रिहाइ गर्न माग गरेको छ।

त्यस्तै बुधबारमात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रसाईँलाई रिहा गर्न माग गरेका थिए।

 

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com