काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

बैठकमा पार्टीको ११औँ महाधिवेशनको तयारीका विषयमा छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

advertisement

एमालेको महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनका लागि एमालेले मंसिर १३ गते एकै दिन देशभरबाट प्रतिनिधि छनोट गर्नेछ ।

सचिवालय बैठकमा शनिबार काठमाडौंमा गर्ने भनिएको वृहत प्रदर्शन र सभाका विषयमा पनि छलफल हुने गौतमले जानकारी दिए ।

यसैगरी, एमालेले विघटित प्रतिनिधिसभा पुनस्थापनाका लागि रिट दर्ता गर्ने विषयमा पछि छलफल गर्नेछ ।

 

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com