काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचनको वातावरण नबिगार्न आग्रह गरेका छन् ।

संविधानको रक्षा र आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा कर्तव्य भएको उनको भनाइ छ ।

advertisement

हिजो बारामा जेनजी र एमाले कार्यकर्ताबिच झडपको प्रसंगमा उनले संयमित बन्न र निर्वाचनको वातावरण नबिगार्न आह्वान गरेका छन् ।

‘संविधानको रक्षा र आसन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु हामी सबैको साझा कर्तव्य हो,’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो सिमरामा भएका जस्ता घटनाले ती दुवैलाई अप्ठेरोमा पार्न सक्छन् । संयमित बनौं, निर्वाचनको वातावरण नबिगारौं ।’

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com