काठमाडौं । ‘हामी नेपाल’ अभियानका संयोजक सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध सामाजिक सञ्जालमार्फत तीव्र विरोध अभियान सुरु गरेका छन्।

गुरूङले फेसबुकमा ‘मौनतालाई कमजोरी नठान्नू : जनआन्दोलनको ज्वालामुखी उठ्दैछ’ भन्ने शीर्षकसहितको पोस्टर सार्वजनिक गर्दै गृहमन्त्री अर्यालको राजीनामा माग गरेका छन्। उक्त पोस्टरमा गृहमन्त्रीविरुद्ध तीनवटा ह्यासट्यागसमेत उल्लेख गरिएको छ।

advertisement

यसअघि पनि उनले फेसबुकमै गृहमन्त्रीको ‘लाचारीपन’ का कारण बारामा जेनजी आन्दोलनकारीमाथि भएको कुटपिटका लागि जिम्मेवार ठहर्याएका थिए। ‘गृहमन्त्रीले आफू आन्दोलनको म्यान्डेट, सडकमा बगेको रगत र जेनजी अभियन्ताहरूको बलिदानबाट मन्त्री बनेको तथ्य बिर्सिएको देखेर लाजले पनि लजाउनुपर्ने स्थिति आएको छ,’ गुरूङले लेखेका छन्।

उनले चेतावनी दिँदै भनेका छन्, ‘यदि गृहमन्त्रीले राजीनामा दिएनन्, भ्रष्टाचार र हत्याका घटनाका दोषीलाई पक्राउ गर्न सकेनन्, परिवर्तनका लागि लड्ने युवामाथि भएको दमन हेरेर मौन बसे भने—मलाई पनि पक्राउ गर भन्ने राष्ट्रिय अभियान सुरु गर्नेछु।’

गुरूङले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा संलग्न युवामाथि भएको दमनका जिम्मेवारलाई कारबाही गर्न निरन्तर माग गर्दै आएका छन्। तर गृह मन्त्रालयले बेवास्ता गरेको दाबी गर्दै उनी पछिल्ला दिनहरूमा झनै आक्रामक रूपमा गृहमन्त्रीविरुद्ध उत्रिएका छन्।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com