बुटवल । रास्वपा अध्यक्ष रवि लामिछानेले बिगोबमोजिम रकम बुझाइसकेपछि थुनाबाहिर बसेर मुद्दा लड्न पाउने मागसहित दायर गरेको रिट निवेदनमाथिको आजको सुनुवाइ स्थगित गरिएको छ।

सुप्रिम सहकारी ठगी र संगठित अपराध आरोपमा थुनामा रहेका रवि लामिछाने र सहअभियुक्त छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको थियो। तर पाटन उच्च अदालतमा पनि लामिछानेको अर्को मुद्दा परेकाले बुटवल इजलासको सुनुवाइ स्थगित गर्न उनको कानुनी टोलीले निवेदन दिएपछि इजलासले स्थगित गरेको उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले बताए।

advertisement

यसअघि कात्तिक २७ गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा रहेको मूल अभियोग मिसिल झिकाउन आदेश दिएको थियो। मिसिल प्राप्त भएपछि आजका लागि पेसी तोकिएको भए पनि सुनुवाइ अन्ततः रोकिएको हो।

कात्तिक २० गतेको सुनुवाइमा पनि सोही इजलासले सुरु मिसिल मगाउन आदेश गरेको थियो। सर्वोच्चबाट सुरु मिसिल नआएसमेत जिल्ला अदालतको प्रतिलिपि उपलब्ध भएकाले बिहीबारका लागि पेसी चढाइएको अदालतले जनाएको छ।
सूचना अधिकारी कुँवरका अनुसार उच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर अघि बढाइरहेको छ।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com