काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आफ्नो लिखित जवाफ बुझाउँदै राष्ट्रपति रामचन्द्र पौडेलमाथि गंभीर आरोप लगाएका छन्।
ओलीले राष्ट्रपति पौडेलले आफ्नो सिफारिसविना नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको उल्लेख गर्दै यसलाई “संविधान उल्लंघन” भनेका छन्। तर तत्कालीन राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा कार्कीको नियुक्ति तत्कालीन प्रधानमन्त्रीकै सिफारिसमा भएको स्पष्ट उल्लेख थियो।
लिखित जवाफमा ओलीले संवैधानिक प्रक्रियालाई सहज बनाउन आफूले स्वेच्छिक रूपमा प्रधानमन्त्रीबाट राजीनामा दिएको दाबी गरेका छन्। भदौ २३ र २४ गते देश ‘अराजक र असामान्य’ स्थितिमा पुगेकाले त्यसलाई सामान्य अवस्थामा ल्याउन आफ्नो फैसला भएको उनले उल्लेख गरेका छन्।
उनका अनुसार नयाँ सरकार गठनका लागि आवश्यक संवैधानिक प्रक्रिया अघि बढाउन बाधा पुर्याउने गरी राष्ट्रपतिले ‘गैरसंवैधानिक कदम’ चालेर प्रतिनिधि सभा विघटनलाई जटिल बनाइएको हो।
प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया