काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । आज (बिहीबार) दिउँसो साँढे २ बजे सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा बैठक बस्ने बताइएको छ ।

बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ । यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो । बाराको सिमरा हिजोदेखि अशान्त छ ।

advertisement

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र पोलिटव्यूरो सदस्य महेश बस्नेत सिमरा विमानस्थल हुँदै पार्टीको कार्यक्रममा आउन लागेको थाहा पाएपछि जेन–जी युवाहरुले बहिस्कार गरेका थिए । सो क्रममा जेन–जी युवा र एमालेका कार्यकर्ताबीच झडपसमेत भएको थियो ।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com