एजेन्सी ।  मध्ये कम्बोडियाको कम्पोङ थोम प्रान्तमा बिहीबार एउटा बस पुलमा ठोक्किएर नदीमा खस्दा १३ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले बताएका छन् ।

सान्टुक जिल्लामा स्थानीय समय अनुसार बिहान करिब ३ः०० मा उक्त दुर्घटना भएको सान्टुक जिल्लाका उप प्रहरी प्रमुख सिव सोभन्नाले बताएका छन् । दुर्घटनाको लगत्तै घाइते तथा मृतकहरूलाई अस्पताल लगिएको जनाउदै उले सबै पीडितहरू कम्बोडियाका भएको उल्लेख गरेका छन् ।

advertisement

सरकारी प्रतिवेदन अनुसार सन् २०२५ को पहिलो नौ महिनामा सडक दुर्घटनाका कारण कम्बेडियामा एक हजार ६२ जनाको मृत्यु भएको थियो भने दुई हजार २५६ जना घाइते भएका थिए ।

 

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com