काठमाडौं । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँ निकट ‘नेपालका लागि नेपाली’ नामक समूहले देशका विभिन्न सार्वजनिक संस्थाका वेबसाइट ह्याक गरेको दाबी गरेको छ। समूहले नेपाल विद्युत् प्राधिकरण, सडक विभाग, उद्योग विभागलगायत पाँचवटा सरकारी तथा शिक्षासम्बन्धी संस्था र वित्तीय संस्थाका सर्भरमा साइबर आक्रमण गरेको दाबी गर्दै विज्ञप्ति सार्वजनिक गरेको हो।

समूहका अनुसार मिर्मिरे लघुवित्त र इन्द्रावती क्याम्पसका सर्भरहरू समेत निशानामा पारिएको छ। वर्तमान अन्तरिम सरकारविरुद्ध “साइबर युद्ध” घोषणा गरेको समूहले दुर्गा प्रसाईँको रिहाइका लागि सरकारलाई दिएका “समयसीमा” नसुनेपछि आक्रमण सुरु गरिएको बताएको छ।

advertisement

समूहले भनेको छ, ‘दुर्गा प्रसाईँको गिरफ्तारी पूर्णतः अलोकतान्त्रिक र राजनीतिक भएकोले अब हामी अन्तरिम सरकारसँग जोडिएका सबै प्रणाली, वेबसाइट र डाटा संरचनामाथि द्रुत र निरन्तर आक्रमण गर्नेछौँ।’

आफूसँग देशभित्रका डाटा सेन्टरहरूमा पहुँच रहेको दाबी गर्दै समूहले सरकारी प्रणालीका महत्वपूर्ण डाटा मेटाउने चेतावनीसमेत दिएको छ।

तर, समूहले दाबी गरेका अधिकांश वेबसाइट तथा प्रणालीहरू सामान्य रूपमा चलिरहेको देखिन्छ र कुनै उल्लेख्य अवरोध पुष्टि भएको छैन।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com