काठमाडौं । प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्माले परम्परागत राजनीतिक दलहरू जेनजी आन्दोलनका बलिदान र नागरिक अपेक्षाको उपेक्षा गर्दै पुनः पुरानै शक्ति–केन्द्रित राजनीति दोहोर्याउनेतर्फ लागेका आरोप लगाएका छन्।

२०७९ मंसिर ४ गतेको आम निर्वाचनबाट जनप्रतिनिधि चयन भएको तीन वर्ष पूरा भएको अवसरमा बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शर्माले दलहरूको विफलता र जनआकांक्षा विपरीतको गतिविधिले देश पुनः संकटतर्फ धकेलिएको टिप्पणी गरे।

advertisement

उनका अनुसार सुशासन, विकास र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका नेताहरू दलभित्रै विद्रोह गर्न बाध्य भइरहेका छन्, जसको परिणामस्वरूप नयाँ शक्ति गठन र नयाँ राजनीतिक ध्रुवीकरणको प्रक्रिया तीव्र बन्दै गएको छ।

‘अब देश र जनताको हितलाई पहिलो प्राथमिकतामा राखेर नयाँ ढङ्गले सोच्ने र अग्रगामी राजनीतिक सहकार्यमा उभिन सबै जिम्मेवार शक्तिहरू तयार हुनुपर्छ,’ शर्माले भने।

गत भदौमा देखिएको जेनजी आन्दोलन जनप्रतिनिधि र दलहरूको भ्रष्टाचारप्रति सहनशीलता, सुशासनप्रति उदासीनता र कुशासनको प्रवर्द्धनकै परिणाम भएको उल्लेख गर्दै उनले फागुन २१ मा नयाँ निर्वाचन घोषणा हुनु पनि त्यही दबाबको प्रतिफल भएको बताए।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com