काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीले आलोचना स्वीकार गर्न सक्ने भए पनि योजनाबद्ध अवरोध भने कुनै हालतमा सहन नसक्ने चेतावनी दिएका छन्।

बिहीबार काठमाडौँमा स्वतन्त्र विद्यार्थी युनियन, आरआर क्याम्पसले आयोजना गरेको अन्तरक्याम्पस राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै बस्नेतले एमाले आफ्नो कमजोरी सुधार्दै अघि बढ्ने राजनीतिक संस्कृति भएको बताए। तर ‘बिना गल्ती सिर्जना गरिने अवरोध तथा उक्साउने गतिविधि’ को प्रतिरोध गर्नु नै पार्टीको नीति रहेको पनि स्पष्ट पारे।

advertisement

बस्नेतले हाल केही समूहले आन्दोलनका नाममा ‘आतंककारी शैली’ का गतिविधि गर्दै देशलाई अस्थिर बनाउने प्रयास गरिरहेको आरोप लगाए। सामाजिक सञ्जालको दुरुपयोगमार्फत नेपालमा अराजक वातावरण सिर्जना गर्ने प्रवृत्ति बढिरहेको उल्लेख गर्दै उनले यस्ता घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताए।

उनका अनुसार अन्तर्राष्ट्रिय शक्तिहरूले नेपाललाई आफ्नो ‘खेल मैदान’ बनाउने प्रयास गरिरहेकाले राजनीतिक स्थिरता जोगाउन सबै सचेत रहन आवश्यक छ।

कार्यक्रमका क्रममा बस्नेतको भाषणकै बीच एक युवक मञ्चअगाडि पुगेर विरोध प्रकट गरेका थिए। उनीलाई तत्क्षण प्रहरीले नियन्त्रणमा लिएको आयोजकले जानकारी दिए।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com