काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव बालुवाटार पुगेका छन् ।
पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई लिएर विप्लव बालुवाटार पुगेका थिए । भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आफूले प्रधानमन्त्रीलाई भेटेको बताउँदै विप्लवले भने, ‘विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ र समर्थन छ । अहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझै बृहत् बनाउँदै लैजाऔँ। जेन-जीले आन्दोलनका क्रममा उठाएका मागहरू पूरा गरौँ।’
जेन-जीका माग अनुसार सरकारले काम गर्नुपर्ने बताउँदै उनले अब सुरक्षित निकासका लागि राजनीतिक दलले भूमिका खेल्नुपर्ने बताए ।
राजनीतिक समझदारीलाई अझै वृहत बनाउँदै लगेर समृद्ध नेपाल निर्माणमा सबै जुट्नुपर्ने तर्क विप्लवको छ ।
प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया