काठमाडौं । बाराको सिमरामा जेनजी समूहका युवालाई मुक्का प्रहार गरेको आरोपमा अरबिन्द साहलाई प्रहरीले पक्राउ गरेको छ ।

साहलाई हेटौंडाबाट प्रहरीले पक्राउ गरेको हो । बुधबार जेनजी समूहले गरेको विरोध प्रदर्शनमा सिमरा चोकमा वादविादमा साहले जेनजी युवालाई मुक्का प्रहार गरेर फरार भएका थिए ।

advertisement

साहसहित ६ जना विरुद्ध किटानी जाहेरी परेपछि बारा प्रहरीले आज बिहान २ जना वडाध्यक्षलाई समेत पक्राउ गरेको थियो ।

पक्राउ परेका जीतपुरसिमरा उपमहानगरपालिकामा एमालेबाट निर्वाचित धनबहादुर श्रेष्ठ र कैमुदिन अंसारीलाई प्रहरीले अदालतबाट ७ म्याद थप गरेर अनुसन्धान अघि बढाएको जनाएको छ ।

बुधबार नेकपा एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतसहितका नेता बाराको सिमरा पुग्ने थाहा पाएपछि जेनजी युवाहरूले उनीहरूलाई रोक्न प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा एमाले कार्यकर्ताले हस्तक्षेप गरेपछि झडप भएको थियो । बुधबारको घटनापछि बिहीबार पनि सिमरा दिनभरजसो तनावग्रस्त बनेको थियो ।

 

प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com