एजेन्सी । भारत र बंगलादेशमा शुक्रबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस)का अनुसार बंगलादेशको टुंगी भन्ने स्थान नजिकै केन्द्रबिन्दु रहेको भूकम्प ५.६ रेक्टरस्केल तीव्रताको थियो ।

भारतमा पनि यो भूकम्पको धक्का महसुस गरिएको थियो । स्थानीय समय अनुसार शुक्रबार बिहान १० बजेर १० मिनेटको समयमा भारतको पश्चिम बंगाल र आसपासका राज्यमा भूकम्पको धक्का महसुस गरिएको हो ।

advertisement

भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण अहिलेसम्म दुवै मुलुकबाट प्राप्त भएको छैन ।

यसअघि पाकिस्तामा पनि बिहान स्थानीय समय अनुसार ३ बजेर ९ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो । पाकिस्तानमा भने ५.२ रेक्टरस्केल तीव्रता मापन गरिएको थियो ।

 

प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com