काठमाडौं । नेकपा (माओवादी) र नेपाल सरकारबीच २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौता हस्ताक्षर भएको १९ वर्षपछि पनि सम्झौताका मुख्य बुँदाहरू पूरा नहुँदा पुनः असन्तोष बढ्ने संकेत देखिएको छ।
नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का नेतृत्वले सम्झौतामा उल्लेखित प्रतिबद्धता कार्यान्वयन नभएकै कारण एकीकृत जनक्रान्ति र जेनजी विद्रोह जन्मिएको दाबी गरेका छन्। जेनजी आन्दोलनका मागहरू समेत बेवास्ता भएकाले फेरि नयाँ विद्रोहको सम्भावना नकार्न नसकिने चेतावनी विप्लवले दिएका छन्।

प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया