काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलिन्टियर फोर्स’ देशमा शान्ति र सुव्यवस्था कायम राख्नको लागि बनेको स्पष्ट पारेका छन्।
शुक्रबार काठमाडौंमा कमाण्ड घोषणापछि सम्बोधन गर्दै अध्यक्ष ओलीले फोर्स कसैको विरुद्धमा नभएको र हिंसा वा आतंक फैलाउने उद्देश्यका लागि होइन भन्ने जिकिर गरे।
‘यो स्वंयसेवक फोर्स कसैको अहितको लागि बनेको होइन,’ उनले भने, ‘राष्ट्रिय हित र सुरक्षा सुनिश्चित गर्न गठन गरिएको हो। नेकपा एमालेसँग असहमति राख्ने वा संगठनसँग सहमत नहुनेहरूका लागि पनि यो फोर्स संरक्षणको उपाय हो। यसको कारण कसैले डरिनु वा आत्तिनु पर्दैन।’
अध्यक्ष ओलीले राज्य संयन्त्र मात्र शान्ति र सुव्यवस्था कायम गर्न पर्याप्त नभएको बताए। ‘देशमा शान्ति र सुव्यवस्था कायम गर्न यो फोर्स आवश्यक थियो। राज्य संयन्त्रले औद्योगिक प्रतिष्ठानको सुरक्षा वा सुव्यवस्था पूर्ण रूपमा सुनिश्चित गर्न सकिरहेको अवस्था छैन,’ उनले थपे।
उनले आफ्ना स्वंयसेवकहरू अनुशासित भएर काम गर्ने विश्वास पनि व्यक्त गरे, र फोर्सको उद्देश्य केवल राष्ट्रिय हितमा सीमित रहेको जिकिर गरे।
प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार












प्रतिक्रिया