काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका सहिद परिवारको सम्मानमा उपयुक्त व्यवहार नगरेको आरोप लगाएका छन्।

शुक्रबार आयोजित नेसनल भोलिन्टियर फोर्स (एनभीएफ) घोषणा सभामा सम्बोधन गर्दै बस्नेतले माइतीघर मण्डलामा सहिद र घाइते परिवारलाई सम्बोधन गर्ने काम राजनीतिक हिसाबले प्रयोग गरिएको बताएका हुन्। उनले भने, ‘म सुशीला आमा र ओमप्रकाशजीलाई सुझाव दिन चाहन्छु—सहिद तथा घाइते परिवारलाई सम्बोधन गर्ने योग्य तपाईंहरुको हैसियत छैन। अब चाँडै पुनर्स्थापना हुने संसद् र बन्ने सर्वदलीय सरकारले जेनजीको प्रतिनिधित्व सुनिश्चित गर्नेछ, जसले उनीहरूको सम्मान, उपचार र राहतको व्यवस्था गर्नेछ।’

advertisement

बस्नेतले नेसनल भोलिन्टियर फोर्स जेनजीको विरोधमा नभई, जेनजीका भावनाअनुसार काम गर्ने र सहिद तथा घाइते परिवारको हितमा सक्रिय रहने दाबी पनि गरे।

प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com