एजेन्सी ।  इन्डोनेसियाको मध्ये जाभा प्रान्तको आवासीय क्षेत्रमा पहिरोे जाँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

विपद् न्यूनीकरण एजेन्सी बिएनपिबीका अनुसार पाण्डनारुम जिल्लाको पाण्डानारुम गाउँमा भारी वर्षापछि आएको पहिरोका कारण हताहत भएको हो ।

advertisement

हाल सम्म सातवटा शव बरामद गरिएको उल्लेख गदै मृतकको सङ्ख्या १० पुगेको बिएनपिबीका प्रवक्ता अब्दुल मुहारीले बताएका छन् ।

लामो समयसम्म परेको वर्षा, पाहाडहरूमा अवस्थित दरारहरूले माटोको तहहरूलाई कमजोर बनाएको कारण विपत्तिको आएको बताउदै मुहारीले चुनौतिपूर्ण अवस्थामा खोजी र उद्धार कार्य जारी रहेको बताउनु भएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार पहिरोका कारण ४८ वटा घरहरू क्षतिग्रस्त हुदाँ १९५ जना प्रभावित भएका छन् भने पछिल्लो बिएनपिबी अपडेट अनुसार ९३४ बासिन्दाहरूलाई सुरक्षित अस्थायी आश्रयमा सारिएको छ ।

राष्ट्रिय खोजी तथा उद्धार एजेन्सी बसरनास, सेना, प्रहरी, स्थानीय विपद् व्यवस्थापन एकाइ र स्वयंसेवकहरूसहित विभिन्न निकायका ७०० भन्दा बढी कर्मचारीहरू यस क्षेत्रमा तैनाथ गरिएको छ ।

खोजी प्रयासहरूलाई तिन क्षेत्रहरूमा विभाजन गरिएको छ भने पानीले भरिएका क्षेत्रहरू सफा गर्न भारी मेसिनरी, खोजी र उद्धार कुकुर एकाइहरू तथा उपकरणहरू प्रयोग गरिएको जनाइएको छ

 

प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com