काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध बोलेको भनाइ समेटिएको क्यासेटबारे स्पष्ट जवाफ माग गरेका छन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले उक्त क्यासेटले उठाएको प्रश्नहरूबारे सरकारले नेपाली जनतालाई बुझाउनुपर्नेमा जोड दिए।
ओलीले भने, ‘कस्तो व्यक्तिलाई विगतमा प्रधानन्यायाधीश र अहिले प्रधानमन्त्री बनाइएको हो, त्यसबारे जनता जानकारी पाउनुपर्छ। दुर्गा प्रसाईंले सार्वजनिक गरेको क्यासेटको वास्तविक अर्थ सरकारले खुलाउनैपर्छ।’
जेनजी आन्दोलनकै समयमा हेलिकप्टर उडिरहेको देखिँदा पनि क्यासेटमा प्रधानमन्त्री कार्कीको गैरजिम्मेवार अभिव्यक्ति रहेको ओलीको आरोप छ। उनले प्रश्न गरे, ‘सेनाले नेताहरूलाई सुरक्षा दिएकोमा किन बचाउने भन्ने आवाज किन सुनिन्छ, त्यो के हो?’
ओलीले क्यासेट बाहिर ल्याएको आरोपमा प्रसाईंलाई पक्राउ गरिएको भन्दै, ‘मान्छे पक्राउ गर्न होइन, उक्त क्यासेटको तथ्य–परिक्षण हुनुपर्छ,’ भन्दै सरकारलाई ध्यान दिन सुझाव दिए।
प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार













प्रतिक्रिया