काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–४ देउराली चोकबाट सशस्त्र प्रहरीले अवैध हतियारसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीका २२ वर्षीय सुमन आचार्य रहेका छन्।

advertisement

शनिबार दिउँसो करिब ३ः३० बजे सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरी सुरक्षा बेस सन्तपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) राजेन्द्रबहादुर बस्नेतको नेतृत्वमा खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा आचार्यले बोकेको झोलाबाट हतियार फेला परेको थियो।

सशस्त्र प्रहरीका अनुसार आचार्यको साथबाट अत्याधुनिक हतियार र गोलीगठ्ठा बरामद भएको छ।

बरामद सामग्रीहरूमा ब्राउनिङ पेस्तोल ९ एमएमको १ थान र सोको म्याग्जिन १ थान। इटालीमा बनेको ब्रेटा गारडोनेट भिटी ब्रेटा पेस्तोल १ थान र सोको म्याग्जिन १ थान। १३ राउण्ड गोली, १ थान खुकुरी, १ थान ओप्पो मोबाइल, ग्लोबल आईएमई बैंकको भिजा एटीएम कार्ड, लाइसेन्स रसिद र झोला रहेका छन्।

पक्राउ परेका आचार्यलाई बरामद हातहतियार तथा सामग्रीसहित आवश्यक कानुनी कारबाही र थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com