काठमाडौं । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले नेता महेश बस्नेतमाथि विराटनगरमा भएको रङ प्रहारप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। घटनामा संलग्न व्यक्तिमाथि सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनको माग छ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै झाँक्रीले लेखेकी छिन्, ‘महाभारतमा पाण्डवले युद्ध जिते र कौरवहरू हार्नुको मूल कारण पाण्डवहरूको अद्भुत एकता थियो। आज विराटनगरमा नेता महेश बस्नेतमाथि आक्रमण प्रयास भएको समाचारले अत्यन्त दुःख लाग्यो। ‘एक–दुई आपराधिक प्रवृत्तिका व्यक्तिहरूले बेलाबेलामा यस्तो आक्रमण गर्ने भन्दै उनी सावधानी अपनाउन र पार्टीभित्र एक उद्देश्यका साथ एकताबद्ध भएर अघि बढ्न आग्रह गरेकी छिन् ।

advertisement

प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com