विराटनगर । नेकपा एमालेका नेता महेश बस्नेत सुनसरी पुगेपछि जेनजिहरूले विरोध प्रदर्शन गरेका छन्। बस्नेत र एमाले नेता भानुभक्त ढकाल सवार गाडी क्रस भएर अघि बढिसकेपछि दुहबीमा स्थानीय युवाहरूले टायर बालेर प्रदर्शन गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काका अनुसार सडकमा बालिएको आगो प्रहरीले हटाइसकेको छ। उनले भने, ‘उहाँहरु क्रस भइसकेपछि टायर बालिएको थियो, तर प्रहरीले तत्काल क्लियर गरिसकेको छ।’

advertisement

त्यसअघि विराटनगर विमानस्थल नजिकैको सडकमा दुईजनाको समूहले बस्नेत सवार गाडीमाथि रातो मसी प्रहार गरेको थियो।

प्रहरीले मसी प्रहार गर्ने विराटनगर–१ का सन्जोग गौतम र विराटनगर–२ का अर्पित कुँवरलाई पक्राउ गरिसकेको छ। अनुसन्धान अनुसार, सन्जोग गौतम नेपाल विद्यार्थी संघ मोरङको जिल्ला सदस्य हुन् भने अर्पित कुँवर पनि नेविसंघसँग निकट रहेका छन्।

 

प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com