काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेर प्रगतिशील लोकतान्त्रिक अभियानमा आबद्ध भएका नेता सन्तोष परियारले अग्रज पुस्ताको अनुभव र नयाँ पुस्ता (जेनजी) का भावनालाई समेट्दै अघि बढ्ने बताएका छन्।
आज काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै परियारले भने, ‘हामीले रोजेको बाटो सहज छैन, सजिलो बाटो हिँड्ने विकल्प पनि छैन। अब एक ठूलो संघर्षको तयारी गर्नुपर्ने समय आएको छ।’
उनले सबैलाई प्रगतिशील राष्ट्रिय अभियानमा आबद्ध भई अघि बढ्न आह्वान गर्दै भने, ‘आजसम्म इतिहास शासकहरूले लेखेका छन्, अब जनताले आफ्नो इतिहास आफैं लेख्ने समय आएको छ।’
परियारको वक्तव्यले नयाँ राजनीतिक अभियानमा समर्पण र सक्रियता बढाउने स्पष्ट सन्देश दिएको नेताहरूले बताएका छन्।
प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार













प्रतिक्रिया