काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का सभापति दुजाङ शेर्पाले विराटनगरमा नेता महेश बस्नेतमाथि गरिएको आक्रमणको पूर्ण रूपमा निन्दा गर्दै संगठनको नाम दुरुपयोग गर्नेहरूविरुद्ध कडा कारबाही गरिने स्पष्ट पारेका छन्।
बस्नेतको गाडीमा बेलुन फाल्ने दुई जना, सन्जोग गौतम र अर्पित कुँवर, महेन्द्र मोरङ क्याम्पसका नेविसंघका नेताहरू हुन्।
शेर्पाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कुनै छूट दिइने छैन। बस्नेतमाथि मसी छ्याप्ने कायरता नेविसंघको नीति र मान्यताको प्रतिनिधित्व गर्दैन।’
उनले संगठनको अनुशासन र मूल उद्देश्यलाई संरक्षण गर्दै, सबै सदस्यलाई जिम्मेवार र सचेत रहन आग्रह गरेका छन्।
प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार













प्रतिक्रिया