काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठमाथि नातावाद र कृपावादलाई प्रोत्साहन गरेको आरोप लगाउँदै उनलाई तत्काल पदमुक्त गर्न माग गरेकी छन्।

बमका अनुसार सचिवालयमा श्रेष्ठले आफ्नै श्रीमतीलगायत नजिकका व्यक्तिलाई नियुक्ति दिएर नैतिक आचरण विपरीत व्यवहार गरेका छन्। उनले यस्तो कार्यले परिवर्तनका लागि दिएको बलिदानको अपमान भएको टिप्पणी गरेकी छन्।

advertisement

फेसबुकमार्फत प्रतिक्रिया व्यक्त गर्दै बमले नागरिक सरकार अहिले जटिल परिस्थितिको सामना गरिरहेको बताइन्। उनले लेखेकी छन्, ‘देशलाई लोकतान्त्रिक निकास दिन बनेको नागरिक सरकार संवेदनशील मोडमा उभिएको बेला, प्रमुख स्वकीय सचिवजस्ता व्यक्तिहरूले नातावाद–कृपावादलाई बढावा दिइरहेका छन्। यस्तो स्वार्थी प्रवृत्तिले परिवर्तनका लागि बगेको रगतलाई उपहास बनाएको छ।’

उनले जेनजी आन्दोलनका मूल आधारमध्ये पारदर्शिता र जवाफदेहिता प्रमुख माग भएको उल्लेख गर्दै नागरिक सरकारले सोहि मूल्य मान्यताअनुसार चल्न नसकेको आरोप लगाइन्।

बमले सरकारलाई चिन्तित हुँदै चेतावनी दिँदै थपेकी छन्, ‘आदर्शकुमार श्रेष्ठलाई तत्काल पदमुक्त गरियोस् र उनीमार्फत भएका पारिवारिक नियुक्तिहरू रद्द गरियोस्। नागरिक सरकार केही व्यक्तिको चङ्गुलमा फस्नु हुन्न। सरकारले बेलैमा आफूलाई सच्याउनु अत्यावश्यक छ।’

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com