काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको सक्रियताले अन्य राजनीतिक दलहरूलाई पनि नयाँ ऊर्जा प्रदान गरेको बताएका छन्।
आज आयोजित जनपरिचालन समितिको बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले भने, ‘जति राजनीतिक गतिविधि बढ्छन्, त्यति नै अराजकता घट्छ। देशमा अहिले देश बनाउने शक्ति र देश जलाउने प्रवृत्तिबीच ध्रुवीकरण देखिन्छ। तर एमालेको सक्रियताले अरू दलमा पनि ऊर्जा थपेको छ। एमाले फेरि आफ्नो लयमा फर्किएको छ।’
बैठकमा बागमती प्रदेश इन्चार्ज तथा जनपरिचालन समितिका सचिव डा. राजन भट्टराईले आगामी भदौ २७ गते हुने महाधिवेशनको उद्घाटन सत्र र जनसभालाई ऐतिहासिक बनाउने तयारी तीव्र रूपमा भइरहेको जानकारी दिए। उनले आजको बैठकले पालिका र वडा तहसम्म व्यापक जनसहभागिता सुनिश्चित गर्न विस्तृत जनपरिचालन कार्ययोजना पारित गरेको पनि उल्लेख गरे।
ज्ञवालीले पार्टीले महाधिवेशनको उद्घाटन सत्र सफल बनाउन आगामी दिनहरूमा जनपरिचालन अभियानलाई अझ सशक्त र व्यवस्थित रूपमा अगाडि बढाउने योजना रहेको बताए।
प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार













प्रतिक्रिया