काठमाडौं । सरकारले सुमनराज अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनीलाई बुधवारदेखि लागू हुने गरी देशका २८औँ मुख्यसचिवका रूपमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। सुमनराज अर्याल यसअघि रक्षा सचिवका रूपमा कार्यरत थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वर्तमान मुख्यसचिव एकनारायण अर्यालको कार्यकाल भोलि राति १२ बजेदेखि सकिने भएपछि सरकारले नयाँ मुख्यसचिवको नियुक्ति गरेको हो।
प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार













प्रतिक्रिया