काठमाडौं । कर्णाली याक्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लगातार तेस्रो जित निकालेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिगको दशौं खेलमा टस हारेर ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ४० रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा कर्णाली याक्सले १९.२ ओभरमा अल आउट हुँदा मात्र ९४ रन बनायो ।

advertisement

प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै सुदूरले अपराजित यात्रा कायम राख्यो । सुदूरले पहिलो खेलमा काठमाडौलाई २९ तथा दोस्रो खेलमा पोखरालाई १८ रनले पराजित गरेको थियो । कर्णाली भने दोस्रो जित निकाल्ने योजना रहेपनि सफल भएन । टोलीले तीन मध्ये दुई खेल गुमाएको छ । पहिलो खेलमा कर्णाली चितवनसँग ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने लुम्बिनीलाई ९ विकेटले हराउँदै पहिलो दुई अंक जोडेको हो ।

आज नै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगर किंग्सले लगातार तेस्रो जित निकालेको छ । प्रतियोगितामा मंगलबार एकमात्रै खेल हुनेछ । अपराह्न ४ बजे हुने खेलमा काठमाडौं र लुम्बिनी भिड्नेछन् ।

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com