काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएकाे हो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार ११५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार २०० रुपैयाँ पुगेको महासंघले जनाएकाे छ ।
प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार












प्रतिक्रिया