काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले औपचारिक रूपमा पार्टी अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

मंगलबार एक विज्ञप्ति जारी गर्दै पोखरेलले देशभरका नेता–कार्यकर्ताबाट प्राप्त आग्रह, सुझाव र अपेक्षालाई स्वीकार्दै आफू अध्यक्षताका लागि अग्रसर भएको बताएका छन्। यसअघि नै बसेको पार्टी सचिवालय बैठकमा उनले अध्यक्ष पदमा दाबी गर्ने संकेत दिएका थिए।

advertisement

पोखरेलले विज्ञप्तिमा पार्टी पुनर्गठन, रुपान्तरण र नेतृत्वको दिशानिर्देशनका लागि नयाँ ऊर्जासहित अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन्। साथै, वर्तमान अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

आगामी मंसिरको अन्तिम साता हुने एघारौँ महाधिवेशनमा पनि अध्यक्ष ओलीले नेतृत्व कायम राख्ने तयारी गरिरहेको बताइएकै बेला पोखरेलको उम्मेदवारी सार्वजनिक रुपमा आएको हो। तेस्रो कार्यकालका लागि ओलीले विधान संशोधन गरेका थिए।

यद्यपि, जेन–जी आन्दोलनपछि मुलुकको राजनीतिक परिस्थितिमा आएको परिवर्तनका कारण अब ओलीले नेतृत्व छाड्नुपर्ने भन्दै पोखरेल निरन्तर तर्क गर्दै आएका छन्।

प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com