काठमाडौं । काठमाडौं गोर्खाजले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को ११औं खेलमा लुम्बिनी लायन्सलाई एक सय ५८ रनको लक्ष्य दिएको छ ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदा एक सय ५७ रन बनाएको हो ।
तेस्रो खेल खेलिरहेको काठमाडौं दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा काठमाडौंले जनकपुरलाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रन र विराटनगर किंग्सविरुद्ध ५ विकेटले पराजित भएको हो ।
लुम्बिनी पनि दोस्रो जितको खोजीमा छ । लुम्बिनीले पहिलो खेलमा चितवनलाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने कर्णाली याक्ससँग ९ विकेटले पराजित भएको हो ।
प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार












प्रतिक्रिया