काठमाडौं । कप्तान करण केसीको आक्रामक ब्याटिङ र बलरहरूको सन्तुलित प्रदर्शनको मद्दतमा काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित दर्ता गरेको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको ११औँ खेलमा काठमाडौंले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो।

advertisement

जितका लागि १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्स १९.१ ओभरमा १३५ रनमा अलआउट भयो। यो जितसँगै काठमाडौँले अङ्क तालिकामा महत्त्वपूर्ण २ अङ्क जोड्दै प्लेअफको सम्भावनालाई बलियो बनाएको छ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रनको सम्मानजनक योगफल तयार पारेको थियो।

काठमाडौको सुरुवात निकै खराब रह्यो। ओपनर बेन चार्ल्सवर्थ (०) इनिङको दोस्रो ओभरमै र राशिद खान (१४) पाँचौँ ओभरमा आउट हुँदा टोली दबाबमा परेको थियो।

ओपनर आकाश त्रिपाठीले एक छेउबाट इनिङ सम्हाल्दै ३६ बलमा ३२ रन बनाए। मध्यक्रममा सन्तोष यादवले १६ बलमा २६ रन र मिलिन्द कुमारले २० बलमा १७ रनको योगदान दिए।

तर, इनिङको अन्त्यतिर कप्तान करण केसीले विष्फोटक ब्याटिङ गर्दै खेलको नक्सा बदलिदिए। करणले मात्र ११ बलको सामना गर्दै १ चौका र ४ छक्काको मद्दतमा अविजित ३४ रन बनाएपछि काठमाडौंले १५० को आँकडा पार गरेको थियो।

बलिङतर्फ लुम्बिनीका कप्तान रोहित पौडेल, गुल्बादीन नाइब, शेर मल्ल र रुबेन ट्रम्पेलम्यानले समान २–२ विकेट लिए।

प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com