काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हालसम्म ८० वटा दल दर्ता भएका छन् । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले आज (मंगलबार) साँझसम्म ८० वटा दलले निर्वाचन प्रयोजनका लागि दर्ता गराएको जानकारी दिएका हुन् ।

हाल आयोगमा कूल १ सय ३४ वटा दल दर्ता रहेका छन् । ती मध्ये ८० वटा दल हालसम्म निर्वाचन प्रयोजनका लागि दर्तामा आएका हुन् । आजमात्रै १६ वटा दल दर्ता भएको छ । दल दर्ताका समय मंसिर १० गते (भोलि) सम्म रहेको छ ।

advertisement

प्रतिनिधिसभा निर्वाचनको मिति आगामी फागुन २१ गतेका लागि तय भएको छ ।

प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com