काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना माग र राष्ट्रिय मुद्दाहरूलाई अघि बढाउँदै देशव्यापी एक महिने आन्दोलन आजदेखि सुरु गरेको छ।

आन्दोलनको प्रारम्भसँगै जसपाले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ। पार्टीले एक महिनाभरि विभिन्न चरणका संघर्षका कार्यक्रम सञ्चालन गर्दै राजनीतिक दबाब सुदृढ बनाउने जनाएको छ।

advertisement

पार्टीले सार्वजनिक गरेको कार्यक्रमअनुसार मङ्सिर ११ देखि १५ गतेसम्म देशका सबै संसदीय निर्वाचन क्षेत्रअन्तर्गतका मुख्य शहर र बजार क्षेत्रमा विरोध प्रदर्शन गरिनेछ।

त्यसपछि मङ्सिर १९ र २१ गते जिल्ला प्रशासन कार्यालयहरूमा शान्तिपूर्ण धर्ना आयोजना गर्ने योजना छ। मङ्सिर २७ देखि पुस ४ गतेसम्म भने जसपाले जिल्लास्तरीय विरोधसभा र जनसभा सञ्चालन गर्ने जनाएको छ।

एक महिनाको आन्दोलनलाई आणखी प्रभावकारी बनाउन जसपाले पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगञ्ज र पुस १७ गते भैरहवामा ठूलो जनसभा गर्ने तयारी गरेको छ।

 

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com