काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यसम्पादन कमजोर रहेको कारण कीर्तिपुर नगर समिति भंग गरेको छ। मंगलबारको सचिवालय बैठकले समितिलाई विघटन गर्ने निर्णय गरेको हो।
जयराम कार्की नेतृत्वको सो समितिको मूल्यांकन प्रतिवेदन कमजोर ठहरिएपछि भंग गरिएको रास्वपाले जनाएको छ। कार्की कीर्तिपुर उपनिर्वाचनका सम्भावित मेयर उम्मेदवार थिए, तर पार्टीले यहाँ प्रतिस्पर्धा नगर्ने निर्णय गरेको थियो।
रास्वपाका काठमाडौं सभापति तथा कीर्तिपुरका स्थानीय प्रदीप बिष्टका अनुसार नगर सभापति कार्की पार्टी गतिविधिमा सक्रिय नभएको र बैठकहरूमा समेत सहभागिता नजनाएको कारण केन्द्रलाई पहिल्यै जानकारी गराइएको थियो।
प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार













प्रतिक्रिया