काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ को निर्वाचन लक्षित तयारीका लागि देशभरका ७६ जिल्लामा प्रतिनिधि खटाएको छ।

पार्टीका सचिवालय सदस्य, केन्द्रीय सदस्य, विभाग र प्रदेशस्तरीय नेताहरुलाई जिम्मेवारी दिँदै जिल्लामा पठाउने निर्णय गरिएको रास्वपाले जनाएको छ। खटाइएका प्रतिनिधिहरूको मुख्य जिम्मेवारी पार्टीको संगठनात्मक अवस्था, सबल तथा दुर्बल पक्षसमेत समेटेर तयार गरिएको प्रतिवेदन केन्द्रमा पेस गर्नु हो।

तर प्रतिनिधिहरू कहिलेदेखि खटिने र कति समयसम्म जिल्लामा रहने भन्ने विषय भने अहिलेसम्म निश्चित नभएको जानकारी दिइएको छ।

अन्य जिल्लाहरुमा प्रतिनिधि खटाउँदा लुम्बिनी प्रदेश अन्तर्गत प्युठानको भने कसैलाई पनि जिम्मेवारी तोकिएको छैन ।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com