काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई पूर्ण रूपमा स्वायत्त बनाउनु पर्नेमा जोड दिँदै अब कुलपतिका नियुक्ति प्रक्रियामा राजनीतिक हस्तक्षेप कम हुनुपर्ने बताएकी छिन्।

त्रिभुवन विश्वविद्यालयको सभामा बोल्दै प्रधानमन्त्री कार्कीले भने, ‘एउटै प्रधानमन्त्रीले सबै विश्वविद्यालयको भारी बोकेर हिँड्न सक्दैन। स्वायत्तताको विषय उठिरहेको छ, र यो हुनु आवश्यक छ।’

advertisement

उनको भनिन्, ‘विश्वविद्यालयका कुलपतिहरू विज्ञमार्फत चयन हुनुपर्छ र विश्वविद्यालयको सभा आफैंले उपयुक्त व्यक्ति खोज्न पाउनु पर्छ।  १९ वटा विश्वविद्यालयमा सबै कुलपति प्रधानमन्त्री नै हुने व्यवस्था छ। एउटै व्यक्तिले यो कसरी सम्भव पार्छ? कुलपति विज्ञमार्फत चयन होस्, सभाले खोजोस्। राजनीतिक कारणले सभा नहुने हुन हुँदैन। विश्वविद्यालयले आफ्नै कार्यक्रम तय गर्न पाउनुपर्छ र आफ्नै स्रोतबाट आर्जन गर्नुपर्छ। सरकारले अनुदान मार्फत सहयोग गर्ने मात्र भूमिका हो।’

प्रधानमन्त्री कार्कीले आफू ६ महिनाको लागि मात्र सरकारमा आएको पनि स्मरण गराइन्।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com