काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच लामो समयदेखि चलिरहेको एकता संवाद अन्ततः सहमतिमा पुगेको छ । दुवै दलका शीर्ष नेताहरू सहभागी भएको पछिल्लो छलफलपछि एकता गर्ने टुंगो लागेको स्रोतहरूले जनाएका छन्।
एकताबारे अवगत एक नेताले बताए, ‘दुवै पक्षबीच आवश्यक विषयमा सहमति भइसकेको छ। अब चाँडै नै एकता घोषणा कार्यक्रम गर्ने योजना छ।’
रास्वपाले नयाँ तथा वैकल्पिक शक्तिसँग सहकार्य वा एकता सम्भावनामा अध्ययन गर्न उपसभापति डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएको थियो। सोही प्रक्रिया अन्तर्गत विवेकशील साझासँग निरन्तर संवाद भइरहेका थिए।
विवेकशील साझाका नेताहरू पनि वैकल्पिक राजनीतिक मोर्चालाई मजबुत बनाउन एकता–सहकार्यमा खुलेर छलफल गर्दै आएका छन्।
बुधबार पनि दुवै पक्षका नेताहरूबीच विस्तृत छलफल भएको, र यतिबेला एकता घोषणाका लागि अन्तिम तयारी मात्र बाँकी रहेको बताइएको छ।
प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार












प्रतिक्रिया