काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘राजनीतिक इमानदारिता’ देखाउन आग्रह गरेका छन्। बुधबार धादिङको बेनिघाट रोराङमा आयोजित पार्टीकार्यकर्ता भेटघाट तथा आमसभालाई सम्बोधन गर्दै दाहालले ओलीलाई ढाँट, छलछाम र षड्यन्त्रपूर्ण राजनीतिबाट टाढा रहनु आवश्यक भएको टिप्पणी गरे।

कार्यक्रममा दाहालले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि निर्वाचन नै एक मात्र वैधानिक मार्ग भएको दाबी गर्दै ओलीले पनि त्यसमा सहयोगी भूमिका खेल्नुपर्ने बताए। उनले अहिलेको अन्तरिम सरकार गठनमा ओलीकै सिफारिस निर्णायक रहेको स्मरण गराउँदै, “हिजो ओलीजीकै सिफारिसमा सुशीला कार्कीको नेतृत्वमा सर्वदलीय सहमतिमार्फत सरकार बनेको हो, भने।

advertisement

दाहालले ओलीले सरकार गठनमा गरेको भूमिकासँग अहिलेका अभिव्यक्ति मेल नखाने आरोप समेत लगाए। “बाहिर एक कुरा र भित्र अर्को कुरा गरेर जनतालाई भ्रममा पार्ने काम बन्द गर्नुपर्छ, उनले बताए, संविधानलाई फेरि सही ट्रयाकमा ल्याउन अब ढाँट–झुटको राजनीति होइन, इमानदार राजनीतिक व्यवहार आवश्यक छ।

देश गम्भीर संकट र अराजकतामा फसेको जिकिर गर्दै दाहालले सबै राजनीतिक शक्तिले अब निर्वाचनमुखी तयारी सुरु गर्नुपर्ने धारणा राखे। उनका अनुसार सक्रिय राजनीतिक स्थिरता, संविधानको प्रभावकारी कार्यान्वयन र लोकतान्त्रिक प्रणालीको मजबुतीको लागि शीघ्र निर्वाचन नै उपयुक्त समाधान हो।

अहिलेको अप्ठ्यारो अवस्थाबाट देशलाई निकाल्ने सबैभन्दा प्रभावकारी बाटो निर्वाचन हो, दाहालले भने, “सरकारलाई त्यसतर्फ ध्यान केन्द्रित गर्न दिनुपर्छ र सबै दलहरूले पनि वातावरण निर्माणमा सहकार्य गर्नुपर्छ।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com