काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले०को ११औँ राष्ट्रिय महाधिवेशन निर्णायक मोड भएकाले प्रतिनिधि चयनमा सजगता अपनाउनुपर्ने बताएकी छन् । सामाजिक सञ्जालमार्फत् महाधिवेशनको पूर्वसन्ध्यामा शुभकामना दिँदै उनले यस्तो बताएकी हुन् ।

उनले सामाजिक सञ्जालमार्फत पार्टी परिवारलाई सम्बोधन गर्दै महाधिवेशनलाई विद्यमान राजनीतिक परिस्थितिमा पार्टीलाई अगाडि बढाउने निर्णायक मोड भनेकी छन्।

advertisement

भण्डारीले महाधिवेशनले नीतिगत र नेतृत्वगत दिशानिर्देश तय गर्ने भएकाले पार्टीभित्र मात्र होइन, आम नागरिकको चासोको विषय मानिनुपर्ने बताएकी छन् ।

उनले प्रतिनिधि चयनमा वैचारिक परिपक्वता, अनुशासन, युवा पुस्ताको ऊर्जा र क्षेत्रगत सन्तुलनलाई प्राथमिकता दिनुपर्ने बताएकी छन्।

उनले दुई वर्षअघि विधानअनुसार नवीकरण गरेको आफ्नो सदस्यता नेतृत्वले रोकिदिएको भन्दै आफू भौतिक रूपमा उपस्थित हुन नसक्ने स्पष्ट गरेकी छन्। तर आफू अझै पार्टी परिवारकै सदस्यको भूमिकामा रहने उनको भनाइ छ ।

देशभक्त, राष्ट्रवादी र प्रगतिशील नेपाली जनताको भरोसाको केन्द्रको रूपमा एमाले उभिएको उनले उल्लेख गर्दै महाधिवेशन पूर्ण सफल होस् भन्ने कामना गरेकी छन्। भण्डारी एमालेको नवौँ महाधिवेशनबाट उपाध्यक्ष बनेकी थिइन्।

 

प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com