काठमाडाैं । नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी पुस्तालाई सचेत र जिम्मेवार बन्न आग्रह गरेका छन्।
सरकारतर्फ समस्या देखिँदा पनि आफ्नै पक्षमाथि गालीगलौज र अनावश्यक दबाब बढेको टिप्पणी गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो अपील गरेका हुन्।
सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै बस्नेतले लेखेका छन्, ‘समस्याको मूल जरो सरकारतिर नै छ, तर आरोप–प्रत्यारोप र दबाब हाम्रो पार्टीतर्फ मोडिएको छ। त्यसैले जेनजीका दाजुभाइ–दिदीबहिनीहरू, सबै सचेत र जिम्मेवार बनौँ।’
प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार












प्रतिक्रिया