काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै घटकसँगको छलफलमा अब केवल केन्द्रीय सदस्यको सङ्ख्या बढाउने कुरामा मात्र ध्यान नदिने निर्णय भएको बताएका छन्।

बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको बैठकमा बोल्दै उनले भने, ‘पहिले पालिका कमिटीमा राख्न उपयुक्त नभएको भनिएका केही व्यक्ति अहिले केन्द्रीय समिति र पोलिटब्युरोमा पुगेका छन्। यसले इमान्दार कार्यकर्ताहरूमा अपमान र हीनताबोध जन्माउन सक्छ। राष्ट्रिय राजनीतिक आन्दोलन तयार पार्नुपर्ने परिस्थितिमा यसले बाधा पुर्‍याउन सक्छ। त्यसैले अब अलग-अलग घटकसँगको छलफलमा केवल सदस्य सङ्ख्या बढाउने कुरामा ध्यान नदिने निर्णय भएको हो।’

advertisement

प्रचण्डले नेकपाले देशको नेतृत्व गर्ने तयारी गर्दै गइरहेपछि देशभित्र र बाहिरका प्रतिक्रियावादीहरूमा डर र आतंक फैलिएको बताउँदै, ‘हाम्रो एकताले अवसरवादीहरूलाई छटपटीमा पारेको छ। उनीहरूले झूट बोल्दै, सोसल मिडियाको माध्यमबाट भ्रम फैलाउने प्रयास गरिरहेका छन्।’

बैठकले प्रदेशस्तरीय एकता सभा मंसिर २३ गते हेटौँडामा गर्ने निर्णय गरेको छ भने जिल्ला र पालिकास्तरीय सभाहरू पनि आयोजना गर्ने योजना तय गरेको छ।

प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com