काठमाडौं । नेपाल एसीसी यू १९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार यूएईमा भएको खेलमा हङकङलाई १२० रनले हराउँदै नेपालले सेमिफाइनलमा पुगेको हो।

नेपालले दिएको २७१ रनको लक्ष्य पछ्याएको हङकङ ४०।५ ओभरमा १ सय ५१ रनमै समेटियो । हङकङका लागि कप्तान शिव माथुरले ३०, जुडे लीले २२, अब्दुल समाद खानले १९, रियान्श शर्माले १८, आरेज दारले १५ र अफ्ताब हुसैनले १० रन बनाए ।

advertisement

नेपालका लागि अपराजित पौडेलले चार, कप्तान अशोक धामीले तीन तथा दयानन्द यादव, सुशीलबहादुर रावल र रोशन विश्वकर्माले एक–एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २७० रन बनायो । नेपालका लागि अशोक धामीले सर्वाधिक ७३ रनको योगदान गरे । यसैगरी दर्श सोनारले अविजित ४५, दिलसद अलीले ३२, सिब्रिन श्रेष्ठले २५, वंश क्षेत्रीले २४, निरजकुमार यादवले २२ र रोशन विश्वकर्माले २१ रन बनाए ।

हङकङका लागि ड्यानियल माप र अभिमन्यु गणेशनले दुई दुई तथा प्रीत मञ्जुकिया र अफ्ताब हुसेनले एक–एक विकेट लिए ।

 

प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com