वासिङ्टन डीसी । बुधबार भएको गोलीबारीमा घाइते भएका दुई नेशनल गार्डमध्ये एक जनाको मृत्यु भएको छ । वासिङ्टन डीसीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो कुराको जानकारी दिएका हुन् ।
बिहीबार साँझ २० वर्षीया सारा बेकस्ट्रमको मृत्यु भएको ट्रम्पले बताएका छन् । आक्रमणमा घाइते भएका अर्का नेसनल गार्ड २४ वर्षीय एन्ड्रयु वुल्फ पनि जीवनको लागि संघर्षरत् रहेको बताइएको छ ।
बुधबार ह्वाइट हाउसबाट केही सय मिटर टाढा तैनाथ दुई नेशनल गार्डमाथि गोलीबारी भएको थियो । यस मामिलामा प्रहरीले अफगानिस्तानका २९ वर्षीय रहमानउल्लाह लकनवाललाई पक्राउ गरेको छ ।
प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार












प्रतिक्रिया