काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेलिकप्टरमा भागेर ज्यान जोगाउँदा पनि नेकपा एमालेका अध्यक्ष केपी ओलीमा अहंकार नहटेको टिप्पणी गरेका छन्। शनिबार लुम्बिनी प्रदेशको दाङमा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन्।

‘मैले संसद्को रोष्टमबाटै भनेको थिएँ। बहुमतको धेरै दम्भ नदेखाउनुहोस् यस्तै अवस्था रहे कुनै दिन जनताले लेखेट्ने छन् भनेर,’ प्रचण्डले भने, ‘आज उहाँले यो सबै प्रचण्डले गरायो भन्दै हिँडेको सुन्छु। तर उहाँको अझै पनि अहंकार त्यागेको देखिँदैन।’

भदौ २४ गतको घटनाले चुनाव जितेर मात्रै केही ‘नाप्ने रहेनछ’ भन्ने देखिएको पनि उनले बताए। उनले भने, ‘हेलिकोप्टर चढेर भाग्नु पर्ने रहेछ। ठुलो कुरा जनताबिचको एकता आवश्यक रहेछ।’

प्रकाशित मिति: १३ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com