काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरण स्वाभाविक प्रक्रिया भएको बताएका छन्। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित लोगो सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै उनले संगठन समयानुकूल रूपान्तरित हुँदै जाने भएकाले यसलाई अस्वाभाविक रूपमा नहेर्न आग्रह गरे।
ओलीले भने, ‘अधिवेशन आउनेबित्तिकै केही सदस्यहरू बाहिर जाने, केही नयाँ मान्छे भित्रिने—यो स्वाभाविक चक्र हो। यसलाई विशेष रूपमा जोडेर भन्नुपर्ने विषय होइन। आवश्यकता अनुसार नेतृत्व हस्तान्तरण र पुस्तान्तरण दुवै प्रक्रिया स्वाभाविक रूपमा भइरहन्छ।’
उनका अनुसार यही कारणले अधिवेशन महत्वपूर्ण हुने गर्दछ। अधिवेशनमार्फत विधि–विधान परिमार्जन, संगठनात्मक संरचना पुनर्गठन, नीति तथा कार्यदिशा निर्माणदेखि आगामी दिनका प्राथमिकता निर्धारणसम्मका महत्वपूर्ण कार्यहरू सम्पन्न हुने उनले स्पष्ट पारे।
प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार













प्रतिक्रिया