काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ औँ राष्ट्रिय महाधिवेशनले पार्टीको संगठनात्मक नीति तथा राजनीतिक प्रतिवेदनमा कुनै ठूलो परिवर्तन नहुने बताएका छन्। महाधिवेशनमा राजनीतिक प्रतिस्पर्धा खुला रहने र आवश्यक परेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण स्वाभाविक रूपमा हुने उनले स्पष्ट पारेका छन्।

आइतबार पार्टी कार्यालय च्यासलमा महाधिवेशनको लोगो सार्वजनिक गर्दै अध्यक्ष ओलीले भने, ‘महाधिवेशनमा मतदान अवश्य हुन्छ। कसैलाई मतदान गर्न नदिएर सर्वसम्मतिमा पुग्नु पर्ने वा सेन्टिमेन्टल बहाना बनाउनु पर्ने कुरा हुँदैन। प्रतिस्पर्धा खुला हुनेछ र इच्छुकले स्वतन्त्र रूपमा भाग लिन सक्नेछन्। तर अध्यक्षको हैसियतले मेरो अनुरोध छ—जसले छाड्ने र जसले बस्ने हो, सहमतिका साथ निर्णय गरौँ।’

advertisement

ओलीले एमालेमा लोकतन्त्र नभएको आरोप असत्य रहेको बताएर सबै सदस्यलाई एकताबद्ध रहन र पार्टीभित्र आलोचना वा खुइल्याउने काम नगर्न पनि आग्रह गरे। उनले भने, ‘प्रतिस्पर्धालाई नराम्रो नमान्नुस्। नेताहरू रोजेर चयन गरिएका हुन्। महिना तीन अघि नै हामीले काम, उपलब्धि र कमजोरीको समीक्षा गरी राजनीतिक प्रस्ताव पारित गरिसकेका छौँ। संगठनको अवस्था समेत मूल्यांकन भइसकेको छ। त्यसैले संगठनात्मक नीतिमा कुनै ठूलो परिवर्तन आवश्यक छैन।’

उनले विधानमा ठूला संशोधनको आवश्यकता नभएको उल्लेख गर्दै भने, ‘केही सानोतिनो परिवर्तन भए छोटो प्रक्रियाबाट गरिनेछ, लामो छलफलको आवश्यकता छैन।’

महाधिवेशनले नीति, संगठनात्मक संरचना र नेतृत्व अघि बढाउने माध्यम हुने विश्वास व्यक्त गर्दै ओलीले प्रतिनिधिहरूलाई विवेकपूर्ण निर्णय गर्न आग्रह गरे। उनले भने, ‘महाधिवेशन पुनर्गठन र पुनर्संरचनाको प्लेटफर्म हो। तर तपाईं त्यही ठाउँमा बसेर आवश्यकता अनुसार सुधार गर्न सक्नुहुन्छ, तर पानी त्यही ठाउँबाट पटक–पटक बहिरहन सक्दैन।’

अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई आवश्यकता अनुसार स्वाभाविक रूपमा हुने प्रक्रिया रहेको पनि दोहोर्‍याए।

प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com