काठमाडौं ।  प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् । सीआईबी टोलीले उनलाई आज पक्राउ गरेको हो ।

यसअघि कात्तिक २२ गते सीआईबीको टोलीले प्रभु बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर विभिन्न महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो।

advertisement

सीआईबीले कात्तिक ११ मै प्रभु समूहका अध्यक्ष तथा एमालेका पूर्वसांसद देवीप्रकाश भट्टचनलाई पनि पक्राउ गरिसकेको थियो।

प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दर्ता गराएको ९८ करोड रुपैयाँ ठगीसम्बन्धी जाहेरीका आधारमा सीआईबीले दुवै घटनामा आवश्यक अनुसन्धान अगाडि बढाइरहेको छ।

प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com